Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कृषि उत्पादन बढाउन अर्घाखाँचीमा निःशुल्क माटो परीक्षण सुरु – Lekhanpeeth

कृषि उत्पादन बढाउन अर्घाखाँचीमा निःशुल्क माटो परीक्षण सुरु

Share:

काठमान्डौ/अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ । डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी ल्याब’ सञ्चालनमा आएपछि कृषक पनि खुसी भएका छन् । माटो परीक्षणका लागि जिल्लाबाहिर जानुपर्ने कृषकहरुको बाध्यता हटेको छ । माटोमा कुन पदार्थ कति छ र माटोमा उर्वराशक्ति बढाउन के गर्नुपर्छ भन्ने जानकारी गराउन पनि माटो परीक्षणले कृषकलाई सहज हुनेछ ।

 

जिल्लाका कृषकले ल्याएको माटोको नमूना प्रयोगशालामा निःशुल्क परीक्षण गरिने कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए। कृषकले ज्ञान केन्द्रमा आउन नपाएको खण्डमा पालिकाको कृषि शाखाका प्राविधिकमार्फत माटोको नमूना पठाएर पनि माटोको परीक्षण गरिने उनले जानकारी दिए । उनले कृषकले आफ्नोे खेतबारीबाट माटोको नमूना पालिकाको कृषि शाखामा पठाएपछि पालिकाको कृषि शाखामार्फत कर्मचारीले सन्धिखर्कको ज्ञान केन्द्रमा लगेर परीक्षण गरी पालिकामा पठाइने जानकारी दिए ।

 

माटो परीक्षणको नमूना सङ्कलनका लागि तथा कृषकलाई माटो परीक्षणका बारेमा जानकारी दिन जिल्लाका छवटै पालिकामा ११ प्राविधिक खटाइएको ज्ञान केन्द्रका प्रमुख घिमिरेको भनाइ छ । प्राविधिकले पालिकामा नमूना सङ्कलन गरी रिपोर्टसमेत पालिकामा बुझाएर कृषकलाई सहज हुने बताएको छ ।डिजिटल माटो परीक्षण मिनी ल्याब सञ्चालनमा आएसँगै प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, पिएचलगायत कुन पदार्थ माटोमा कति छ भन्ने जानकारी हुनेछ । माटोको उर्वराशक्ति बचाउन तथा बढाउन र माटोको अम्लीय पदार्थ कति छ भन्ने थाहा हुने भएपछि यसले कृषकहरुलाई सजिलो हुने भएको हो ।

Share: