Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्तो छ आज देशभरिको मौसम – Lekhanpeeth

यस्तो छ आज देशभरिको मौसम

337
0
Share:

काठमान्डौ/देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज बिहान कोसी प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

कोसी, मधेस र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहन बताएको छ । कोसी, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयको सम्भावना हुने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ ।

 

सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।

Share: