तेह्रथुममा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

Share:

काठमान्डौ/तेह्रथुमको म्याङलुङ नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार साँझ म्याङलुङबाट जिरीतर्फ जाँदै गरेको को। १४ प ८९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

 

मृत्यु हुनेमा मोटरसाइकलका चालक म्याङलुङ नगरपालिका–८ का २२ वर्षीय संगम तामाङ र पछाडि सवार त्यही ठाउँका २५ वर्षीय सविन लिम्बू रहेका छन् । दुर्घटनामा घाइते भएका उनीहरूको उपचारको क्रममा जिल्ला अस्पताल म्याङलुङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Share: