Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मानव अधिकारकर्मी बरालको निधन – Lekhanpeeth

मानव अधिकारकर्मी बरालको निधन

234
0
Share:

काठमान्डौ/पोखरामा रही मानवअधिकार तथा सामाजिक न्यायका सवालमा विगत पाँच दशकदेखि निरन्तर क्रियाशील मानव अधिकारकर्मी टेकनाथ बरालको ८५ वर्षको उमेरमा आज निधन भएको छ ।

 

बराल सशस्त्र द्वन्द्वको समयमा पोखरामा स्थापना भएको नागरिक समाजको सञ्जालका एकजना संस्थापक तथा पूर्वसंयोजकका साथै महिलाविरुद्धको हिंसा, दाइजो विरोधी अभियान, असमानता तथा कुरीतिविरुद्धका सामाजिक पहलका साथै विभिन्न किसिमका विभेदविरुद्ध क्रियाशील थिए ।

 

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनका घटनाको अनुगमन, लोकतन्त्रको स्थापनाका लागि भएको आन्दोलन, द्वन्द्वपीडितका अधिकारका सवालमा उनले भूमिका निर्वाह गरेका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको प्रकाश मानव अधिकार पुरस्कारबाट २०६२ सालमा उनलाई इन्सेकले सम्मानित गरेको थियो ।

 

इन्सेकले आज विज्ञप्ति प्रकाशन गरी बरालको निधनप्रति दुःख व्यक्त गरेको छ । इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको क्षेत्रमा स्व बरालले पुर्‍याउनुभएको योगदानका कारण उनि सधैँ नेपाली समाजको स्मरणमा रहिरहेका उल्लेख छ ।

Share: