Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुई सचिवसहित १७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? – Lekhanpeeth

दुई सचिवसहित १७० कर्मचारीको सरुवा, को कहाँ पुगे ?

236
0
Share:

काठमान्डौ/न्याय सेवाका दुई सचिवसहित १७० कर्मचारीहरूको एकै पटक सरुवा भएको छ ।

 

न्याय सेवा आयोगको मङ्गलवार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटाको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ भने नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

 

यस्तै सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानुन आयोगमा सरुवा गरेको छ भने भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका फणीन्द्र गौतमको सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ । आयोगको बैठकले न्याय सेवाका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिव एवम् १५६ जना उपसचिवको पनि सरुवा गरेको छ ।

 

 

 

 

 

 

 

Share: