Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आइसीसी महिला टी-२० विश्व कप छनोट : नेपालले आज थाइल्यान्डसँग खेल्दै – Lekhanpeeth

आइसीसी महिला टी-२० विश्व कप छनोट : नेपालले आज थाइल्यान्डसँग खेल्दै

266
0
Share:

काठमान्डौ/आइसीसी महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न नेपालले आज थाइल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७:१५ बजे मलेसियामा शुरु हुनेछ ।

 

समूह चरणको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई ४३ रनले हराउँदै समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् । आजको खेलमा नेपालले थाइल्यान्डलाई हराउन सकेमा पहिलो पटक ग्लोबल टी-२० छनोटमा पुग्नेछ ।

 

सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् । अर्को सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता हङकङ र समूह ‘ए’ को विजेता यूएई खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

Share: