Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : कांग्रेस महामन्त्री थापा – Lekhanpeeth

सरकारमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : कांग्रेस महामन्त्री थापा

290
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधा आकाश ढाक्ने महिलाको संसद्मा प्रतिनिधित्व भए पनि सरकारमा महिलाको प्रतिनिधित्व कम हुनु दुर्भाग्य भएको बताएका छन् । नेपाल ब्युटिसियन सङ्घले आज भक्तपुरको चाँगुनारायणमा आयोजना गरेको अनाथ बालबालिका सहयोग कार्यक्रममा अब बन्ने प्रत्येक सरकारमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने व्यवस्था कानूनमा लेखिनुपर्ने बताए ।

 

चुप लागेर बस्दैमा अधिकार नपाइने भन्दै उहाँले महिलाको समान अधिकारका लागि सबै एकजुट भएर आवाज उठाउनुपर्ने उनले औँल्याए। अब निर्वाचनअगावै महिलाले आफ्नो प्रतिनिधित्वका लागि आन्दोलनमा उत्रनुको विकल्प नभएको भन्दै उहाँले सरकारमा हुने प्रतिनिधित्वलाई महिलाको ३३ प्रतिशत पु¥याउन पनि आन्दोलन नै गर्नुपर्ने बताए ।

 

देशमा बेरोजगारीको सङ्ख्या दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै उनले प्रत्येक वर्ष चार लाख ९० हजारभन्दा बढी बेरोजगार देशमा बढिरहेको बताए । उनले युवा जनशक्ति विदेशिन बाध्य भएको अहिलेको अवस्थालाई सरकारले गम्भीररूपमा लिनुपर्ने बताए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, नेपाली कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीलगायतले महिलाका अधिकार प्राप्तिका लागि पुरुषले पनि आवाज उठाउनुपर्नेमा जोड दिए ।

Share: