Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सप्तरीमा मोटरसाइकल दुर्घटना, ४५ वर्षीया महिलाको मृत्यु – Lekhanpeeth

सप्तरीमा मोटरसाइकल दुर्घटना, ४५ वर्षीया महिलाको मृत्यु

391
0
Share:

काठमान्डौ/सप्तरीको रुपनी गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीकै रुपनी गाउँपालिका–३, हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखिया रहेकी छन् ।

 

दुर्घटनामा घाइते भएकी उनको उपचारको क्रममा युनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुपनीबाट राजविराजतर्फ जाँदै गरेको स ४ प ५७ ६० नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको थियो ।

 

दुर्घटनामा मोटरसाइकल चालक ५० वर्षीय हरेराम मुखियाको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Share: