Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु – Lekhanpeeth

काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु

383
0
Share:

काठमान्डौ/सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर बुधबार रत्‍नपार्क-सूर्यविनायक रुटमा द्रुत बस सेवा सुरु गरेको हो।

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्‍नपार्कमा द्रुत बस सेवाको उदघाटन गरे। उद्‍घाटनपछि मन्त्री ज्वाला, वाग्मती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ लगायत बसमा यात्रा गरेका थिए। सर्वसाधारण यात्रुका लागि भने द्रुत बस सेवा बिहिबारदेखि मात्र उपलब्ध हुने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। उनले रत्‍नपार्कदेखि सूर्यविनायक ४५ मिनेटमा पुग्ने गरी बस सञ्चालन गरिने बताए।

 

उनका अनुसार ट्राफिक जाम बढी हुने चोकमा समेत द्रुत सेवाका बसले रोकिन नपर्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि ट्राफिक प्रहरीले सहयोग गर्नेछन्। सेवा प्रयोग गर्ने यात्रुले भाडा अरु सार्वजनिक यातायातमा भन्दा बढी तिर्नुपर्ने छैन।

 

द्रुत बस सेवाका लागि रातो रंग पोतेर अलग्गै लेन निर्धारण गरिएको छ। द्रुत सेवाका बस रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन्। बिहान ९ बजेदेखि ११ र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ।

 

विभागका अनुसार द्रुत सेवाका लागि २५ वटा बस सञ्चालन हुनेछन्।

Share: