शिक्षा विधेयकको विरोधमा सडकमा निस्किए शिक्षक

269
0
Share:

काठमान्डौ/शिक्षा विधेयकको विरोधमा काठमाडौंमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । देशभरबाट आएका शिक्षकहरू काठमाडौंका सडकमा उत्रिएका हुन् । माइतीघरमा जम्मा भएका शिक्षकको भीड संसद् भवन नयाँ बानेश्वरसम्म पुगेको छ । प्रदर्शनले माइतीघर, सिंहदरबार, थापाथली, नयाँ बानेश्वरसम्मको यातायात सेवा प्रभावित भएको छ ।

 

विधेयक मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्‌मा पेस गरिएकोमा महासंघको विरोध छ । महासंघले विधेयकप्रति असहमति जनाउँदै १८ बुँदे माग प्रस्तुत गरेको छ ।

 

शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरी भदौ २ गते वार्ता आह्वान गरेपनि त्यसको औचित्य नरहेको भन्दै महासंघ वार्तामा बस्न मानेको छैन

Share: