मण्डनदेउपुरमा आज ‘थकाइ’ बिदा

Share:

काठमान्डौ/काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ । आठौँ संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै नगरपालिकाले एक सूचना जारी गरी बिदा दिइएको जनाएको छ ।

 

‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरू, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर-सरकारी संस्थाहरूलाई बिदा गरिएको छ’, नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

Share: