Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै – Lekhanpeeth

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

283
0
Share:

काठमान्डौ/क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो ।

 

गत असोज १ गते न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग गरेको थियो ।

 

आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्ममिति यकिन हुनेगरी कागजात समेत माग गरेको थियो ।

Share: