
काठमान्डौ/साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ भनेचाँदी तोलाको एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।