Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मनाङको मनमोहक ताल झरना, तर पर्यटकका लागि छैन पूर्वाधार – Lekhanpeeth

मनाङको मनमोहक ताल झरना, तर पर्यटकका लागि छैन पूर्वाधार

Share:

काठमानडौ/हिमाली जिल्ला मनाङको प्रवेशद्वार ताल गाउँ। मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बीचमा राखी कलकल पानी झर्दा अझ सुन्दरता थपिएको छ। मनाङ प्रवेश गर्नासाथ एकसाथ बसेको तालगाउँ र झरनाले स्वागत गरिरहेको आभास हुन्छ। तालगाउँको सुन्दरताको रूपमा रहेको दुई झरना जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ।

 

जोकोहीलाई पनि यी सुन्दर झरना र यहाँका बस्तीले आकर्षित गर्छन्। पर्यटकलाई स्वागत गर्ने यी झरना अहिले आकर्षणको केन्द्र बनेको छ। स्थानीय युवासँगै यहाँ आउने पर्यटकको आकर्षणको केन्द्र बनेको छ। ताल गाउँ पुगेपछि यस झरनामा फोटो, भिडियो र यहाँको पानीसँग नखेलेसम्म यहाँबाट कोही पनि बाहिरिँदैनन्।

 

नासोँ गाउँपालिका–१ का वडाध्यक्ष मीनराशी गुरुङ पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा यहाँ पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताउँछन्। ‘यहाँको पर्यटकीय क्षेत्रको रूपमा विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न समन्वय गरिरहेको छु’, उनले भने, ‘प्राकृतिक स्रोतको उपयोग गरी आयआर्जनसँग जोड्ने गरी विकास गर्न आवश्यक रहेकाले सोहीअनुसार काम गर्ने लक्ष्य बनाएका छौँ।’

 

पिसल्याण्ड होटलका सञ्चालक गुरु गुरुङले यस झरनामा रमाउन आउने पर्यटकका कारण यहाँको व्यवसायलाई सहयोग पुग्ने बताए। ‘बाह्य पर्यटक त पदयात्रामा आउने भएकाले यहाँ बस्दा झरनामा रमाउँछन् नै, तर झरनामा रमाउनकै लागि आन्तरिक पर्यटक आउने गरेका छन्’, उनले भने। आन्तरिक पर्यटक आउँदा पनि होटल व्यवसायीलाई सहयोग पुग्ने उनले बताए।

 

तालगाउँ एकीकृत बस्ती जस्तै गरी बनेकाले अझ बढी आकर्षण बढेको छ। यहाँ वर्षभर नै यस्तै पानी झरिरहने भएकाले यस झरनामा रमाउन आउनेको सङ्ख्या बढ्दै गएको स्थानीय कान्छीमाया गुरुङले बताइन्। ‘यहाँ आइसकेपछि आन्तरिक तथा बाह्य पर्यटकले यहाँ उत्पादित खाद्यवस्तु नै खान माग गर्ने गर्छन्’, उनले भनिन्। यसले गर्दा पनि यहाँको झरनाको प्रचारप्रसार गर्न आवश्यक रहेको उनले बताइन्।

 

झरनामा रमाउन आउने पर्यटकले तालगाउँको प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा यहाँका स्थानीयवासीले लिएका छन्।

Share: