Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठको चोरी नियन्त्रण गर्न सक्रियता – Lekhanpeeth

काठको चोरी नियन्त्रण गर्न सक्रियता

Share:

काठमान्डौ/चाडपर्वमा हुने काठकाे चोरी पैठारी नियन्त्रणका लागि डिभिजन वन कार्यालयले सक्रियता बढाएको छ । कार्यालयले चोरी पैठारी नियन्त्रणका लागि आफ्नो क्षेत्रमा रहेका आठ युनिटलाई सक्रिय बनाएको हो ।

 

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार चाडपर्वका समयमा वनमा हुने चोरी पैठारी नियन्त्रणका लागि आठ युनिटमा ६५ जना परिचालन गरिएको छ । यी युनिटले नियमित गस्ती, छड्के चेकजाँच, छड्के छापा लगायतका काम गरिरहेका छन् ।

 

‘चार्डपर्वको समयमा हुने चोरी पैठारी नियन्त्रणका लागि हामी लागि परेका छौँ’, उनले भने, ‘चाडपर्वको समयमा अन्यको बेला भन्दा बढी चोरी हुने भएकाले सक्रियता बढाएका हौँ ।’ आवश्यक परेको खण्डमा प्रहरीसमेत परिचालन गर्ने गरी कामलाई अघि बढाइएको उनको भनाइ थियो ।

 

कार्यालयले वन क्षेत्रमा प्लास्टिकजन्य वस्तु र फोहर फाल्न निरुत्साहित गरिएको खनालले बताए । उनले भने, ‘वन क्षेत्रलाई फोहर फाल्ने केन्द्रको रुपमा प्रयोग गरिएको छ । यसलाई नियन्त्रणका लागि जनचेतना जगाउने लगायतका काम भइरहेका छन् ।’

Share: