२५४ जना नेपाली लिएर काठमाडौं उड्यो नेवानीको जहाज

290
0
Share:

काठमान्डौ/इजरायलबाट२५४ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ । बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेको विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।

 

आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।

Share: