त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने सन्दीपको घोषणा

197
0
Share:

काठमान्डौ/नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने भएका छन् । बिहीबार राति सन्दीपले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृङ्खलामा आफू सहभागी नहुेने जानकारी गराएका हुन् ।

 

उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको पनि बताएका छन् । ‘ूभारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय लिएको छु । म जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु,’ उनले लेखेका छन् ।

 

घरेलु मैदानमा हुने त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन छ ।

Share: