
काठमान्डौ/सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ।
बुधबार बिहान रुम्झाटारबाट लुक्लाका लागि उडेको ९एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए ।
हेलिकप्टरमा यात्रु नभएको र पाइलट प्रकाश सेढाइ सुरक्षित भएको न्यौपानेले बताए । आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।