जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

179
0
Share:

काठमान्डौ/जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो २:३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ ।

 

मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुनेछ । विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

 

साथै पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरणसम्बन्धी तीन महिने अभियानबारे समेत समीक्षा हुनेछ ।

Share: