
काठमान्डौ/केही समय अगाडि बाराको कलैयामा गोली प्रहारबाट घाइते भएका रुपेश स्वर्णकारको मृत्यु भएको छ । बाराको सिडिओ नवराज सापकोटाका अनुसार घाइते प्रिन्सिपल स्वर्णकारको मृत्यु भएको हो ।
अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रजिअ सापकोटाले बताए । अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरीले बताएको छ । कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो । अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो ।



