तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य

221
0
Share:

काठमान्डौ/साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

 

हिजो तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

 

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Share: