
काठमान्डौ/नेपाली कथानक चलचित्र ‘कबड्डी–४ : द फाइनल म्याच’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्र मंगलबार बाँसुरी फिल्मसको अफिसियल युट्युब च्यानलबाट चलचित्र रिलिज गरिएको हो ।
रामबाबु गुरुङ निर्देशित यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया गुरुङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, प्रकाश घिमिरे, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।



