क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी आह्वान

264
0
Share:

काठमान्डौ/संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ ।

 

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी आह्वान गरेको हो । पौड्यालविरुद्ध १० दिनभित्र समितिमा सूचना वा उजुरी दिन सकिनेछ । उजुरीकर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ ।

 

समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तावित राजदूत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यममार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको छ ।

 

उनले प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन एवं प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिए । उजुरी आह्वानपछि प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ हुनेछ । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

Share: