टी-२० विश्वकप छनोट : आज नेपाल र ओमान भिड्दै

341
0
Share:

काठमान्डौ/आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दै छ। खेल बिहान ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्। यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुवै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए।

टी-२० आईमा नेपाल र ओमानबीच चार खेल भएको छ। जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ। कीर्तिपुरमा हुने दोस्रो खेलमा सिंगापुर र मलेसिया प्रतिष्ठाका लागि भिड्नेछन् । मूलपानीस्थित माथिल्लो मूलपानी मैदानमा हुने पहिलो खेलमा हङकङ र यूएई भिड्नेछन् । दोस्रो खेलमा बहराइनले कुवेतको चुनौतीको सामना गर्नेछ ।

 

सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स ९यूएई०, बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

 

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिम आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।

Share: