Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सङ्कटमा पर्दै जोगीको पुर्ख्याैली पेसा – Lekhanpeeth

सङ्कटमा पर्दै जोगीको पुर्ख्याैली पेसा

301
0
Share:

काठमान्डौ/कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हुन् । यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरुलाई छ । दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि पछिल्लो समयमा आएर आफूहरुको पेसा सङ्कटमा पर्दै जान लागेपछि उनीहरु चिन्तित बनेका छन् ।

 

युवा पुस्तामा यो पेसाप्रति आकर्षण नभएपछि पेसा नै सङ्कटमा पर्ने सम्भावना बढदै गएको जोगीहरुको भनाइ छ । आफूहरु बुढो हुँदै जानु र युवा पुस्ता ९छोरा,नाति० मा यस पेसाप्रतिको आकर्षण नहुँदा यो पेसा सङ्कटमा पर्नाका मुख्य कारण रहेको दोलखा, मेलुङका रुद्रध्वज जोगीले बताए । उनले भने– ‘स्थानीय सरकारले कला र संस्कृति जोगाउने नाममा विभिन्न जातजातिलाई सीपअनुसारको बाजागाजा, आरन, बाध्यबादन सामग्री बाँडिरेको सुनिन्छ तर हाम्रो समुदायलाई केही प्राप्त हुदैन अनि कसरी आफ्नो संस्कृति जोगाउनु, कसरी जीविकोपार्जन गर्नु रु स्थानीय सरकारले हामीलाई पनि राति घर–घर गई फेरी लगाउनका लागि आवश्यक पर्ने लाइट, लौरो र बजाउने सामग्री ९बराठको सिङ० उपलब्ध गराउन सके आमी हाम्रो पेसा संरक्षण गर्न र आफ्नो जीविकोपार्जन गर्न सक्ने थियौँ ।’

 

परम्परागत पेसा जोगाउनकै लागि भए पनि आफू बुबासँगै घर घर हिँडे पनि यो माग्ने पेसा आफूलाई झन्झट लागेको दोलखा मेलुङका युवा दीपक जोगीले बताए । यो पेसा संरक्षणका लागि राज्यबाट पनि केही सहयोग प्राप्त भए पेसालाई जोगाउन सकिने उनको भनाइ थियो ।

 

रामेछाप नगरपालिका हिमगङ्गाका मीनबहादर जोगीले भने, ‘हाम्रा बुवा हजुरबुवाले यही पेसा गरे र हामीले पनि गरिरहेका छौँ तर अब पढेलेखेका छोरा सहरमा जागिर खान जाने भएकाले उनीहरुले यो पेसा गर्ने अवस्था छैन त्यसैले अब हाम्रो पेसा लोप हुने अवस्था छ । न हामीलाई राज्यबाट सहयोग छ नत अरुबाट हामीलाई सहयोग नै छ । फेरी लगाएको दिन बिहानभरी घर–घर घुम्दा झर्को नमानी सिदा दक्षिणा दिन्छन् ।’ तर हाम्रो शेष पाछि भने हामिले लगाउने गरेको फेरी लोप होलाजस्तो छ ।

 

कार्तिक र चैत्र महिनामा रातको १२ बजे पछिदेखि घर घरमा गई विभिन्न मत्रोच्चारण गरेर बराठको सिङ बजाएर फेरी लगाउने र सिदा सङ्कलन गर्ने कार्य उनीहले गर्दछन् । बिषेशगरी घर परिक्रमा गरेर मन्त्रोचारणका साथ घरका चार सुरमा चार पटक फेरी लगाउदा, घरमा भुत, प्रेत पिचास नलाग्ने र डाइनी वोक्सीले पनि दुख नदिने परम्परागत मान्यता छ । कसै कसैले राति घर वा कोठा भित्रै बोलाएर पनि फेरी लगाउन लाउने गर्दछन् । उनीहरु रातभर फेरी लगाउने र बिहानभर जय गोरखनाथ भन्दै राती फेरी लगाएको घर घरमा पुगेर सिदा सङ्कलन गर्ने गर्दछन् ।

 

सिदाका सबै सामानहरु सङ्कलन गरेर थैलो थैलेमा हाल्छन् र एउटा टोल वा गाँउ सकिएपछि प्राप्त भएको सिदाका सामानहरु घर लैजाने गर्दछन् । जिल्लाको रामेछाप नगरपालिका र लिखु तामाकोशी गँँउपालिकामा गरी करिव एक सय को संख्यामा उनीहरुको बसोवास रहेको छ भने दोलखाको मेलुङ गाउँपालिकामा पचास जनाको सङ्ख्यामा जोगीहरुको बासोवास रहेको बताइएको छ । मन्थली र आसपासका क्षेत्रहरुमा भने पहिलेदेखि नै दोलखाको मेलुङका जोगीहरुले फेरी लगाउदै आइरहेका छन् ।

Share: