Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय – Lekhanpeeth

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

393
0
Share:

काठमान्डौ/सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमा रोक लगाउने निर्णय गरेको हो ।

 

टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै सरकारले रोक लगाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन्, ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भएको हो ।’

 

यससम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने उनले जानकारी दिइन् ।

Share: