Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विश्वकप छनोट : आज युएईसँग खेल्दै नेपाल – Lekhanpeeth

विश्वकप छनोट : आज युएईसँग खेल्दै नेपाल

363
0
Share:

काठमान्डौ/फिफा विश्वकप छनोट अन्तर्गत आज नेपालले युएईसँग खेल्दैछ। युएईको दुबईमा नेपाली समयअनुसार आज राति ९:३० बजे नेपालले दोस्रो चरणको पहिलो खेल खेल्नेछ।

 

फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ। दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ।

 

किरण चेम्जोङको कप्तानीमा सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, अरिक बिस्ट, छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिश डाँगी, सेसेहाङ बिस्ट, राजेश परियार रहेका छन्।

 

त्यस्तै टोलीमा अन्जन बिस्ट, आयुष घलान, गिलिएस्पी जंग कार्की, हिसुद थपलिया, सन्जीव बिस्ट, राजेश परियार, दीप कार्की र अभिषेक बराल रहेका छन्। त्यस्तै डीफेन्डर अनन्त तामाङ घाइते भएकाले टिममा पर्न सकेनन्।

Share: