
काठमान्डौ/चीन–मंगोलिया सीमामा रहेको सबैभन्दा ठूलो भूमि बन्दरगाह एरेनहोटले यस वर्ष आयात र निर्यात कार्गो मात्रामा वृद्धि भएको जनाएको छ ।
स्थानीय भन्सार कार्यालायले जनाएअनुसार उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको बन्दरगाहले यस वर्ष शुक्रबारसम्म एक करोड ५० लाख टनभन्दा बढीको आयात र निर्यात कार्गो थ्रुपुट ह्यान्डल गरेको छ, जुन गत वर्षको तुलनामा ३३/४ प्रतिशतले बढी हो ।
बन्दरगाहबाट हुने आयात र निकासीमा मुख्यतया सवारीसाधन, सेलफोन, कोइला र काठ समावेश रहेको स्थानीय भन्सारका एकजना अधिकारीले जनाएका छन् । हालसम्म बन्दरगाहले १० भन्दा बढी देशहरूमा ६० भन्दा बढी विदेशी गन्तव्यहरू जोड्दै चीन–युरोप मालवाहक रेलहरूको १३ हजारभन्दा बढी यात्राहरू तय गरेको छ ।