Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल ल्याईयो भारतले दिएको १५ वटा मुर्रा राँगा – Lekhanpeeth

नेपाल ल्याईयो भारतले दिएको १५ वटा मुर्रा राँगा

290
0
Share:

काठमान्डौ/भारतले दिएका १५ वटा मुर्रा राँगा नेपाल ल्याइएको छ। बुधबार साँझ नेपालगञ्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन्।

 

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने घोषणा गरेको थियो।

 

अब यी राँगालाई लहान, पोखरा र नेपालगञ्जमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा पाँचरपाँच वटाको दरले पठाइने छ।

 

Share: