Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमाले सचिव योगेश भट्टराईको गाडीमाथि तोडफोड – Lekhanpeeth

एमाले सचिव योगेश भट्टराईको गाडीमाथि तोडफोड

382
0
Share:

काठमान्डौ/नेकपा एमाले सचिव योगेशकुमार भट्टराई सवार गाडीमाथि तोडफोड भएको छ ।

 

आइतबार ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचानवादीहरूले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेका हुन् । भट्टराई सवार प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडीमा क्षति पुगेको छ ।

 

भट्टराईलाई भने प्रहरी सुरक्षामा काठमाडौंतर्फ पठाइएको प्रहरीले जनाएको छ । गाडीमा तोडफोड गर्नुअघि पहिचानवादीहरूले भट्टराईको घर अगाडि नारावाजी गरेका थिए ।

Share: