एनएसएल : आज काठमाडौँ र चितवन भिड्दै

179
0
Share:

काठमान्डौ/नेपाल सुपर लिग फुटबल ९एनएसएल०मा आज काठमाडौँ रेजर्स र चितवन एफ सीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ साँढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

 

पहिलो खेलमा स्पोर्टीङ इलामलाई हराएको साविक विजेता काठमाडौँ आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । उता पहिलो खेलमा पोखरा थन्डर्ससँग १(० ले पराजित भएको चितवन भने पहिलो जितको खोजीमा हुनेछ ।

 

यसअघि सोमबारको खेलमा स्पोर्टीङ इलामले झापा एफ सी लाई १-० ले हराएको छ । दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा ९ वटा फ्रेन्चाइज टोलीहरूको सहभागिता छ ।

Share: