Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
छ थान नक्कली नोटसहित एकजना पक्राउ – Lekhanpeeth

छ थान नक्कली नोटसहित एकजना पक्राउ

Share:

काठमान्डौ/काठमान्डौ महानगरपालिका–३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित एकजना पक्राउ परेका छन् ।

 

धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौँ शङ्खमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

शङ्खमूलस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share: