राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

185
0
Share:

काठमान्डौ/निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ १३ गते निर्वाचन मिति घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।

 

आयोगले बिहीबार स्वीकृत गरेको कार्यतालिका अनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । त्यस्तै मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ ।

 

राजनीतिक दल दर्ता भएपछि पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनको लागि पठाइनेछ । कार्यतालिकाअनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

 

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

Share: