Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आर्मीलाई हराउँदै मधेसले जित्यो ‘केपी ओली कप’को उपाधि – Lekhanpeeth

आर्मीलाई हराउँदै मधेसले जित्यो ‘केपी ओली कप’को उपाधि

279
0
Share:

काठमान्डौ/फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले केपी ओली राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८० को उपाधि जितेको छ । घरेलु क्रिकेट प्रतियोगितामा मधेसले जितेको यो पहिलो उपाधि हो ।

 

शुक्रबार कास्कीस्थित पोखरा रंगशालामा सम्पन्न फाइनलमा मधेसले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२४ रनमात्र जोड्न सक्यो ।आर्मीका कप्तान विनोद भण्डारीले ३२ रन बनाए । विवेक यादवले २५, बसिर अहमेदले २२ रन जोड्दा सोमपाल कामी र सन्तोष कार्कीले समान १६ रन बनाए ।

 

मधेसका कप्तान हरिशंकर साहले चार विकेट लिए । चार ओभर बलिङ गरेका हरिशंकरले १९ रनमात्र खर्चिए । प्रदीप पासवानले दुई र प्रथिक यादवले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो ।

 

मधेसका विशाल पटेलले ४९ रन बनाएका थिए । अर्धशतकबाट एक रनले चुकेका विशालले ३२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । कप्तान हरिशंकर साहले २७, हिमांशु दत्तले १४ र विशाल सुस्लिङले १० रन थपे । आर्मीका विवेक यादव र साहब आलमले समान तीन विकेट लिए । सोमपाल कामी र बसिर अहमेदले समान एक विकेट लिए ।

 

समूह ‘सी’ बाट सेमिफाइनल आएको मधेसले अन्तिम–४ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले नै हराएको थियो । समूह ‘डी’ बाट सेमिफाइनल आएको आर्मीले भने सेमिफाइनलमा वाग्मती प्रदेशलाई चार विकेटले हराएको थियो ।

Share: