
काठमान्डौ/राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना रानामगर वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले अविरल लामासँग लगनगाँठो कसेकी हुन् । भक्तपुर निवासी लामासँग केही वर्षयता उनी प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।
अन्जना हाल नेपाली टोलीको दोस्रो रोजाईकी गोलरक्षक हुन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट उनले व्यवसायिक फुटबल खेलिरहेकी छिन् ।