दोहोरो अकंले बढ्यो शेयर बजार, ८६ करोड ८३ लाखको कारोबार

172
0
Share:

काठमान्डौ/शेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । हिजो बुधवार ३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११.७३ अङ्कले बढेर १ हजार ८ सय ५२।७३ विन्दुमा पुगेको छ ।

 

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

 

आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज ग्लोबल आईएमई लघुवित्तको शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज ९५ लाख कित्ता शेयर २ अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

Share: