१४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

220
0
Share:

काठमान्डौ/त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित विमानस्थल भन्सार कार्यालयले दुई जनालाई पक्राउ गरेको छ ।

 

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका गोरखाका चन्द्र घले र मिन बहादुर घलेलाई बिहीबार राती ११ः४० बजे विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको प्रमुख डा।टोकराज पाण्डेले प्रशासन विशेष ब्युरोलाई जानकारी दिएका छन् ।

 

विमानस्थल प्रमुख डा। पाण्डे नेतृत्वको टोलीले मध्यराती विशेष सुराकीका आधारमा खानतलासी गर्दा सुनका बिस्कुटहरू बरामद गरेको हो । घलेसहित सो कार्यमा संलग्न गोरखाकै मिन बहादुर घलेलाई पक्राउ गरी प्रहरी थप अनुसन्धान र कारबाहीका लागि हिरासतमा राखिएको डा। पाण्डेले जनाएका छन् ।

 

चन्द्रले छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाई छिपाई ल्याएको सात थान बिस्कुट आकारका १४ किलोग्राम सुन मिन बहादुरको भएको सोधपुछका क्रममा खुलाएकोसमेत भन्सार कार्यालयले जनाएको छ ।

Share: