नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

172
0
Share:

काठमान्डौ/नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

 

अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भुपाल बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो । बराल वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख हुन् ।

Share: