ई: को आन्दोलनमा स्थानीयको अवरोध

199
0
Share:

काठमान्डौ/फुटपाथ व्यवसायीको पक्षमा ललितपुर महानगरपालिका अगाडि उभिन पुगेका सामाजिक अभियन्ता ईःको कार्यक्रमलाई स्थानीयले अवरोध गरेका छन् । फुटपाथ व्यवसायीलाई हटाउने निर्णयविरुद्ध मंगलबार दिउँसो ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिएर प्रदर्शन गर्न पुगेका ईस्लाई स्थानीयले अवरोध गरेका हुन् ।

 

स्थानीयले फुटपाथ पैदलयात्रीको पहिलो अधिकारु लेखिएको ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा स्थानीय र ईस् समर्थकबीच विवादसमेत भएको थियो । ललितपुर महानगरले मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार रुटमा फुटपाथ पसल राख्न निषेध गरेको छ ।

 

यसअघि ईस्ले फुटपाथ व्यवसायीलाई विकल्प दिनुपर्ने मागसहित काठमाडौं महानगरविरुद्ध राष्ट्रिय सभागृह अगाडि १९९ घण्टा उभिएर प्रदर्शन गरेका थिए । असोज १० मा काठमाडौं महानगर र ईः बीच सम्झौता भएको थियो ।

Share: