फिल्म ‘कङ्गारु’ को प्रमुख पात्रमा अभिनेता अर्पण अनुबन्धित

169
0
Share:

काठमान्डौ/साम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ को प्रमुख पात्रमा अर्पण थापा अनुबन्धित भएका छन् । राजीव गुरुङ ‘दीपक मनाङ्गे’ को प्रस्तुतिमा तयार हुन लागेको यस चलचित्रमा केही दिनअघि केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भइसकेका छन् ।

 

सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको कङ्गारु फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा तयार हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

 

फिल्मको सह-निर्मातामा रोनिशबहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट (अष्ट्रेलिया) रहेको छ ।

 

फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।

Share: