बारामा बस र ट्रक जुध्दा तीन जनाकाे मृत्यु, २७ जना घाइते

Share:

काठमान्डौ/बारामा आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

 

काकडभिट्टाबाट काठमाडौंका लागि गुडेको बा ३-००१ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान २ बजे बाराको अमलेखगञ्जमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

 

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीया पूर्ण गुरुङ, मकवानपुरको हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

 

उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share: