Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कर्णालीमा सञ्चय कोषको सेवा सहज हुँदै – Lekhanpeeth

कर्णालीमा सञ्चय कोषको सेवा सहज हुँदै

Share:

काठमान्डौ/कर्णाली प्रदेशमा कर्मचारी सञ्चय कोषको सेवा सहज हुँदै गएको छ । कोषको सेवा यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएकोमा अबदेखि कोषले आफ्नै स्वामित्वको भवनबाट सेवा दिन सुरु गरेको छ । रु छ करोड ७२ लाख ३४ हजार लागतमा निर्माण भएको सुविधा सम्पन्न भवन आज कोषका सञ्चालक समिति अध्यक्ष एवं राजस्व सचिव डा रामप्रसाद घिमिरेले उद्घाटन गरेपछि सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास लिइएको हो ।

 

अध्यक्ष घिमिरेले सङ्घीय संरचनाअनुसार कार्यालय भवन निर्माण भएको भन्दै सङ्घीयता कार्यान्वयनमा पनि बल पुग्ने बताउनुभयो । कर्मचारीप्रति समाजमा गलत भाष्य निर्माण हुन थालेको भन्दै त्यसलाई चिर्नेगरी काम गर्नुपर्नेमा उहाँको जोड थियो । ‘समाजमा गलत भाष्य निर्माण भएको छ’, उनले भने, ‘कर्मचारीले सबै विगारे भन्ने छ । त्यसलाई चिर्नेगरी काम गर्नुपर्छ । मानिस कुराले होइन कामले ठूलो हुन्छ ।’

 

कोषका बचत देशको पूर्वाधार विकासको क्षेत्रमा उपयोग गरेर आर्थिक विकासमा योगदान गर्नुपर्ने डा घिमिरेले बताए । उनले कोषको सेवा अझै प्रभावकारी तुल्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त रे गरे । प्रशासक जितेन्द्र धितालले सञ्चय कोषको सेवालाई अझै राम्रो बनाउनुपर्नेमा जोड दिँदै कर्णालीको विकासमा सञ्चय कोष आधार बन्न सक्ने उल्लेख गरे। कर्मचारी युनियनका प्रतिनिधि धर्मराज ढुङ्गानाले सञ्चय कोषलाई सहकारी र सहमतिका रुपमा अघि बढाउनुपर्ने धारणा राखे ।

 

सञ्चय कोष शाखा कार्यालय सुर्खेतका प्रमुख रविकान्त तामाङले अब नयाँ भवनबाट दिइने सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे । सञ्चय कोषले विसं २०६२ देखि सुर्खेतबाट सेवा दिन थालेको हो । अहिलेसम्म भाडाको घरबाट सेवा दिइरहेको कोषले विसं २०६९ असार २९ गते रु एक करोड २२ लाख १० हजारमा ११ कठ्ठा २ धुर जमिन सुर्खेत उपत्यका नगरविकास समितिबाट खरिद गरिएको थियो । शाखा कार्यालय भवन, निर्माणको लागि रु आठ करोड सात लाख ९७ हजार छ सय ९४ लाग्ने गरी लागत स्वीकृत गरी विसं २०७७ असार १६ गतेदेखि निर्माण सुरु भएको थियो ।

Share: