Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
किसानका समस्या बुझ्न कृषि प्राविधिक गाउँगाउँमा – Lekhanpeeth

किसानका समस्या बुझ्न कृषि प्राविधिक गाउँगाउँमा

215
0
Share:

काठमान्डौ/कृषि पेसामा लागेका किसानको समस्या पहिचान गरी समाधान गर्न गल्याङ नगरपालिकाले कृषि प्राविधिकलाई किसानको घरदैलोमा खटाएको छ ।

 

नगरपालिकाका ११ वटै वडाका गाउँगाउँमा जनप्रतिनिधिसहित कृषि प्राविधिक पुगेर प्राविधिक सेवा तथा परामर्श दिइएको हो । गत असोजको अन्तिम सातादेखि सुरु भएको उक्त अभियान मङ्सिरको अन्तिम साता सकिएको हो । किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँका किसान लाभान्वित भएका छन् ।

गाउँगाउँमा रहेका सामान्य किसानलाई नगरपालिकाको कृषि र पशु शाखाको सेवा र सुविधासँग जोड्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । “गाउँगाउँमा कृषि कर्म गरेर बस्नुभएका किसानको समस्याको घरमै पुगेर समाधान गर्ने र उहाँहरुलाई नगरपालिकासँग जोड्नका लागि दुई महिनासम्म यो अभियान सञ्चालन ग¥यौँ”, उहाँले भन्नुभयो, “वास्तविक किसानको पहुँच पालिकासम्म विस्तार गर्न तथा किसानको गुनासो सुन्नका लागि यो अभियान प्रभावकारी रह्यो ।”

एघार वडाका ६१ गाउँका चार हजार एक सय ८७ किसान यो अभियानबाट लाभान्वित भएका छन् । स्थानीयस्तरका कृषि कार्यक्रम तथा योजनामा सीमित वर्गका व्यक्तिको मात्रै पहुँच पुग्ने तर वास्तविक किसानको पहुँच नगरसम्म नपुगेकाले किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

निर्वाहमुखी कृषि तथा पशुपालनलाई व्यावसायिकतातर्फ उन्मुख गराउनका लागि अभियान सञ्चालन गरिएको नगरप्रमुख भट्टराईको दाबी छ । अभियान अवधिमा किसानका समस्या तथा गुनासा गाउँगाउँमै पुगेर टिपोर्ट गरिएको छ । गाउँका किसानको समस्याका बारेमा जानकारी लिएर आएकाले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउँदा अझै प्रभावकारी हुने नगरउपप्रमुख हेमा न्यौपाने बताए ।

किसानले गुणस्तरीय बीउबिजनमा पहुँच नभएको, निजी एग्रोभेटबाट प्राविधिकसहित बीउ र विषादीको भर पर्दै आइरहेको, खेतीपाती तथा पशुपालनबाट अपेक्षाकृत आम्दानी हुन नसकेको, बालीनाली बाँदरले क्षति पु¥याउने गरेकोजस्ता गुनासा तथा समस्या जनप्रतिनिधि र कृषि तथा पशु प्राविधिकमाझ राखेका थिए ।

गाउँगाउँमै पुगेर किसानका समस्या तथा गुनासो सुनी उहाँहरुलाई प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको पशु शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो । नगरपालिका कार्यालयले किसानका समस्याको पहिचान गरी समाधान गर्नुका साथै नियमित सम्पर्कमा राख्दै पहुँच विस्तारमा सहयोग पुग्ने उहाँले बताए ।

नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा वास्तविक किसानसमक्ष पु¥याउँदै कृषि र पशुपालनमा प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यसबाट टाठा बाठा तथा कागज मिलाउन जान्ने गैर किसान निरुत्साहित हुँदै जाने दाबी नगरपालिकाको छ ।

Share: