Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल सुपर लिग : आज लिग चरणका अन्तिम दुई खेल हुँदै – Lekhanpeeth

नेपाल सुपर लिग : आज लिग चरणका अन्तिम दुई खेल हुँदै

252
0
Share:

काठमान्डौ/नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन्। दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु हुने पहिलो खेलमा बुटवल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

 

बुटवल लुम्बिनी ७ अंकसहित तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा छ भने वीरगञ्ज ८अंकसहित सातौँ स्थानमा छ। दुवै टोली प्रतियोगितामा जित निकाल्दै प्लेअफ प्रवेश गर्ने लक्ष्यमा हुनेछन् । आजै अपराह्न ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको भ्याली डर्बी भिडन्त हुँदैछ। काठमाडौं रेजर्स ९ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। ऊ ललितपुरलाई पराजित गर्दै प्लेअफ प्रवेश गर्न चाहन्छ।

 

१० अंकसहित तेस्रो स्थानमा रहेको ललितपुर पनि प्लेअफ प्रवेशका लागि जितको दबाबमा छ। तर अर्को खेलको नतिजा अनुकूल भएमा बराबरीको नतिजालेसमेत ललितपुरलाई प्लेअफको बाटो खुल्नेछ। यसअघि पोखरा थण्डर्स र धनगढी एफसीले प्लेअफमा स्थान बनाइसकेका छन्।

 

शनिबार दुई टोलीको टुंगो लागेसँगै पर्सिदेखि क्वालिफायर खेल शुरु हुनेछ।

Share: