Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सभामुख घिमिरेले गरे एमाले सांसद कोइरीको निलम्बन फुकुवा – Lekhanpeeth

सभामुख घिमिरेले गरे एमाले सांसद कोइरीको निलम्बन फुकुवा

228
0
Share:

काठमान्डौ/सभामुख देवराज घिमिरेले नेकपा एमालेका महोत्तरी-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन् ।

 

संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै सांसद कोइरीको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् । निलम्बन फुकुवा भएसँगै अब उनी संसदीय गतिविधिमा भाग लिन पाउने भएका छन् ।

 

हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि सांसद कोइरीले निलम्बन फुकुवाको निवेदन दिएका थिए । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या गरेको उनीमाथि आरोप लागेको थियो ।

 

Share: