Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सभा निर्वाचनका लागि सात निर्वाचन अधिकृत नियुक्त – Lekhanpeeth

राष्ट्रिय सभा निर्वाचनका लागि सात निर्वाचन अधिकृत नियुक्त

272
0
Share:

काठमान्डौ/राष्ट्रिय सभाको चुनावको लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले पुस १६ गतेदेखि लागु हुने गरी राष्ट्रिय सभा निर्वाचनको लागि ७ जना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

 

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार नियुक्त भएका निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने छ।

 

कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की र गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला निर्वाचन अधिकृत नियुक्त भएका छन्।

 

त्यस्तै लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिमका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याल नियुक्त भएका छन्।

Share: