रवि ओड र नितु पौडेलको स्वरमा रहेको ‘सत्य राम कसम’ सार्वजनिक [भिडिओसहित]

Share:

काठमान्डौ/रवि ओड र नितु पौडेलको स्वरमा रहेको नयाँ म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । सार्वजनिक ‘सत्य राम कसम’ बोलको गीतमा बाबुल गिरीको रचना, संगीत तथा कम्पोज रहेको छ ।

 

रोमान्टिक र प्रेम भाव बोकेको गीतको भिडिओमा आरआर खड्का र करुणा श्रेष्ठ फिर्चड छन् । भिडिओमा आरआर र करुणाको केमेस्ट्री जमेको छ । सियोन श्रेष्ठले निर्देशन गरेको भिडिओमा अनिल के मानन्धरको छायांकन रहेको छ । भिडिओको सम्पादन तथा कलर करेक्सन भने शिलन लम्सालले गरेका हुन ।

 

भिडिओको निर्माता शिशिर गुरुङ रहेका छन् । सार्वजनिक गीतले युट्युबमा राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

हेर्नुहोस् भिडिओ:

 

Share: