Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालगञ्जमा कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु, एक जना गम्भीर घाइते – Lekhanpeeth

नेपालगञ्जमा कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु, एक जना गम्भीर घाइते

282
0
Share:

काठमान्डौ/बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजना कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

 

उनीहरुको सनाखत हुन सकेको छैन । गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्की एक महिला गम्भीर घाइते भएकी छन् । नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share: