इरान बम विस्फोट अपडेट : १०३ जनाको मृत्यु, १४१ घाइते

150
0
Share:

काठमान्डौ/हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एकसय तीन जनाको मारिएको सरकारी मिडियाले बताएको छ ।

 

आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन । आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो । एजेन्सीले भनेको छ, ‘आतङ्कवादी विस्फोटमा घाइते भएका मानिसको मृत्यु भएपछि मर्नेहरूको संख्या बढेर एक सय तीन पुगेको छ ।’

 

बम विस्फोटमा अन्य एक सय ४१ जना घाइतेको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

Share: