Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतीय विदेशमन्त्री जयशंकर आज स्वदेश फर्किंदै – Lekhanpeeth

भारतीय विदेशमन्त्री जयशंकर आज स्वदेश फर्किंदै

257
0
Share:

काठमान्डौ/नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार (हिजो) नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकर आज स्वदेश फर्किंदै छन् । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।

 

त्यसअघि बिहान साढे ९ बजे भारतीय विदेशमन्त्री जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उनले उच्च राजनीतिक भेट गरेका थिए ।

 

विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत उच्च राजनतिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

Share: